काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाउँमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे सिंहदरबारबाट देशवासीका नाउँमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कोरोना भाइरसबाट नेपालीलाई सुरक्षित राख्न सरकारले गरिरहेको प्रयासका बारेमा जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको बताइएको छ ।
सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलई प्रवेश नदिइएको जनाइएको छ । दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई संक्रमण हुने डरले सम्बोधनका क्रममा अन्य पत्रकारहरुलाई प्रवेश नदिइएको जनाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies