सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ४ नर्सहिमा हातहतियार सहित दुई जना पक्राउ परेका छन् । शुक्रबार राति नर्सहीस्थित ठोकर संख्या नं. १२ नजिकबाट सुस्ता ४ नर्सही जर्लैया बस्ने करिब ४७ वर्षीय आस बहादुर गुरुङ र सोही ठाउँ बस्ने करिब ४६ वर्षीय नरेश गुरुङ पक्राउ परेका हुन् ।
कुडियाबाट रामनगर तर्फ जाँदै गरेको लु १ त ५८३० नम्बरको ईन्धन बोकेको पिकअपलाई रोकेर उनीहरुले चालकलाई खुकुरी देखाई धम्काएपछि चालकले स्थानीय नर्सही प्रहरीलाई खबर गरेका थिए ।
केही समयपछि ईलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर खोज तलास गरी घटनामा संलग्न गुरुङद्वयलाई खुकुरीसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालयले नियत्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies