एजेन्सी : इटालियन सिरी ए फुटबल क्लब युभेन्टसका खेलाडीहरु र प्रशिक्षक पारिश्रमिक कटौति गर्न सहमत भएका छन् । कोरोना भाइरसको महामारीका कारण क्लबलाई परेको आर्थिक भार कम गर्नका लागि उनीहरु चार महिनाको पारिश्रमिक नलिन तयार भएका हुन् ।
खेलाडी तथा प्रशिक्षक माउरिजिओ सारीले पारिश्रमिक नलिँदा युभेन्टसलाई ९० मिलियन युरो बराबरको आर्थिक बोझ हलुका हुने बताइएको छ ।
क्रिष्टियानो रोनाल्डो, आरोन रामसी, पाउलो डिबालासहितका स्टार खेलाडी रहेको युभेन्टसका खेलाडीले मार्च, अप्रिल, मे र जुनको पारिश्रमिक नलिने भएका हुन । इटालीमा सबै खेलकुद गतिविधिहरु कम्तिमा अप्रिल ३ सम्मका लागि स्थगित गरिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies