- केसर बिश्वकर्मा
कुनै पनि देश महामारीको चपेटामा पर्नु राम्रो त होइन तर हामीले देखिरहेका छौं कैयौं बिकसित देश आज रोइरहेको छ ; स्थिति नियन्त्रण बाहिर गएको छ । परिवारको सदश्यले मृत्युबरण गर्दै गर्दा हेरेर बस्नु पर्ने बाध्यता छ । अझ भनौं, मृतक शरीर उठाउन सक्ने अबस्था छैन । यस्ता परिदृश्यहरुको सायद कल्पना गर्न सकिँदैन तर सन्चार माध्यमबाट हेर्दै गर्दा देखिन्छ - आफ्नो परिवारको सदश्य मृत्यु भई रहँदा हारगुहार, चिच्यावट र आँसु कसैले सुन्न सक्ने अबस्था छैन । त्यो परिदृश्यले हामीलाई पाठमात्र होइन प्रशस्त सुरक्षीत हुने मौका र समय प्रदान गरेको छ ।
दु:ख र कष्टमा अनेकौ समस्यहरु त अबस्य झेल्न्नु पर्दछ, अझ हाम्रो देशको जीवन शैली र जिबनयापनलाई हेर्ने हो भने त कैयौं परिवारमा चुलो बल्न द्यौ द्यौ होला । कैयौं बालबच्चा भोकभोकै बस्नु पर्ने अबस्था पनि आउला । दैनिक मजदुरी गरेर जीवन चलाउने परिवार लाखौं छन, जुन यो परिस्थितिमा सम्भब छैन मजदुरी गर्न यसका लागि, भोकमरिको त्यो खाडललाई पनि राज्यले त्यतिकै गम्भीरतापुर्ण हेर्नु पर्दछ ।
विशेष केही दिन देखिको लकडाउन र जनस्तरमा परेको एक किसिमको पीडा अत्यन्त दु:खदायी छ तर समय र महामारीको चपेटामा गुज्रिएका देशहरुको अबस्था हेर्दा महिनौ सम्म लकडाउन गर्नु पर्ने देखिन्छ- त्यो पनि पूर्ण रुपमा संकटकाल नै लगाएर । अहिले नियन्त्रणभन्दा बाहिर गएका देशहरु पनि एक, दुई, तीन, चार हुँदै यो अवस्थामा पुगेका हुन् । स्वास्थ्य क्षेत्रमा अब्बल रहेका देशहरु पनि नराम्रो संग चुक्यो । सायद त्यहाँ राज्य र जनताको कहि न कहि कमजोरी भएरै हो ।
हामीले प्रसस्त समय पाएकै हो र अझै समय छ त्यो कहाली लाग्दो परिबेश र कहालीलाग्दो घटनाहरुबाट जोगिने । सायद हामी भाग्यमानी देशका नागरिकहरु पनि हौँ कि सयौं देशले महामारी बेहोरिरहनु पर्दा हामिलाई पूर्व तयारीको समय प्रसस्त प्राप्त थियो । यो हुँदा हुँदै पनि आजको दिनसम्म पाचौं संक्रमण पुष्टि भइसकेको छ, त्यही पनि प्राय: बिदेशबाट आउनेहरुमा मात्र । उहाँहरुको पूर्ण स्वास्थ्यलाभको कामना गरौ ।
अन्य देशमा जस्तो स्थिति बढ्दै गयो भने स्वास्थ्य क्षेत्रमा कमजोर हाम्रो देशको अबस्था कस्तो होला ? कल्पना गर्न सकिदैन । भोलि हामी पनि त्यही देसको अबस्थामा पुग्नेछौ जुन हाम्रो आँसु र रुवाई कसैले देख्ने सुन्ने छैन । सरकारले गरेका निर्णयलाई सबै नागरिकले आ-आफ्नो ठाउँबाट पूर्ण सहयोग गरौं, सरसफाईलाई ध्यान दिऔं र सबैले कामना गरौं - यो सुन्दर देश भोलि लासै लासको शहर नबनोस । सबै प्रतिबद्ध भई लकडाउनलाई सफल पारौं र पहिलो चरणमा नै यो महामारीलाई निर्मुल पार्न सकौ । मेरो सुन्दर देश महामारीको चपेटामा नपरोस् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies