एजेन्सी : म्यानचेस्टर सिटीका मिडफिल्डर इल्काइ गुण्डोगानले प्रिमियर लिग सुचारु हुन नसके उपाधि लिभरपुललाई प्रदान गर्नु उपयुक्त हुने बताएका छन् । कोरोना भाइरसको महामारीका कारण रोकिएको फुटबल सुचारु हुन नसकी जारी प्रिमियर लिग त्यसै अन्त्य हुने भए उपाधि लिभरपुललाई दिनुपर्ने उनले बताएका हुन् ।
गुण्डोगानले लिभरपुल उपाधिका लागि यो सिजन सबै हिसाबले तयार रहेको पनि उल्लेख गरेका छन् । इंग्ल्याण्डका सबै फुटबल गतिविधि अप्रिल ३० सम्मका लागि स्थगित छन् । खेल रोकिदासम्म लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies