काठमाडौं : एनआईसी एशिया बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा ग्राहक सहायता केन्द्र स्थापना गरेको छ । लकडाउनको समयमा ग्राहकलाई पर्न गएको असुविधा तथा समस्यालाई मध्यनजर गर्दै सहायता केन्द्र स्थापना गरिएका हुन् ।
केन्द्रमा ग्राहकका समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउने व्यवस्था गरिएको छ । सबन्धित बैंकमा सोझै फोन गरेर आफ्नो बैंकिङ्ग समस्या बताई समाधानको उपायप्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
त्यस्तै बैंकले मेरो किराना अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी गरेको छ ।
कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भीडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको बैंकले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies