काठमाडौं : भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका ५ सय ६३ जना नेपालीहरुलाई धार्चुलामा क्वारेन्टाइनमा राखिएको छ । तीनदिनदेखि नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाकामा नियमित धर्ना दिदै आएका नेपालीलाई भारतीय पक्षले खाने बस्ने ब्यवस्था मिलाएको हो ।
नेपाल र भारतबीच अर्को सहमति नभएसम्मका लागि सीमा क्षेत्र आईपुगेका सबै नेपालीलाई क्वारेन्टाइनमा राख्ने सहमति भएको धारचुला क्षेत्रका उपजिल्ला अधिकारी अनिलकुमार सुक्लले जानकारी दिए ।
धारचुला क्षेत्रमा चार ठाउँ र जौलजिबीमा एक ठाउँ गरी नेपालीलाई पाँच ठाउँमा राखिने छ । धारचुला क्षेत्रमा रहेको मिनि स्टेडियम, बालुवाकोटमा रहेको जिआइसीको भवन, गलातिमा रहेको फायर बिग्रेटको नयाँ भवन, महाकाली नदी किनारमा रहेको गौशाला र जौलजिवी क्षेत्रमा रहेको राम लिला मैदानमा नेपालीको व्यवस्थापन गरिएको हो ।
तत्कालका लागि भने मिनि स्टेडियम, गलाती र महाकाली नदी किनारमा बनेको गौसालमा नेपालीलाई राखिने छ । दार्चुलामा रहेका भारतीहरुको व्यवस्थापन नेपालले गर्ने सहमति भएको छ । सोमबार महाकाली नदीमा पौडी खेलेर भारतबाट आएका एकजनासहित तिन जनालाई सबन्धित स्थानीय तहको क्वारेन्टाइनमा राखिने भएको छ ।
पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रमा काम गरी फर्किएका ५ सय ६३ नेपाली चार दिनदेखि दार्चुला सीमामा अलपत्र परेका थिए । उनीहरुले महाकाली किनारामा नेपाल प्रवेश गर्न पाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies