काठमाडौं : दुई दिनदेखि वीरगञ्ज–रक्सौल नाकामा रोकिएका ट्याङ्करलाई आज दिउँसोबाट भारत प्रवेश गराइएको छ । भारतीय भन्सारले आज दिउँसोबाट ट्याङ्कर प्रवेश खोलेको हो ।
भारतीय कामदारले सीमामा आन्दोलन गरेका कारण हिजो भारतीय सुरक्षाकर्मीले ट्याङ्कर प्रवेशमा रोक लगाएका थिए । मितेरी पुलमा रोकिएका भारतीयहरु गएराति नै रक्सौल प्रवेश गरेपछि ट्याङ्करले भारत प्रवेश पाएका हुन् ।
रोकिएका ट्याङ्करले इन्धन ल्याउन शुरु गरिसकेको नेपाल आयल निगमले जानकारी दिएको छ । अत्यावश्यकीय वस्तु आयात निर्यातमा कुनै रोक नलगाउने भनिएपनि सीमामा असहजस्थिती आएको भन्दै भारतले हिजो ट्याङ्कर रोकेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies