काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयमा लकडाउनमा सवारी साधन सञ्चालनका लागि पास वितरण गर्ने नाममा सरकारी नियमकै उलग्घन भएको देखिएको छ । मंगलबार कार्यालयमा पास लिन आउनेहरुको भीड अस्वभाविक रुपमा देखिएको छ ।
पहिलो चरणका लागि दिइएको पासको अवधि सकिएकाले दोस्रो चरणको पास लिने मानिसहरुको भीड कार्यालयमा देखिएको हो । कार्यालयमा सामाजिक दुरी समेत पालना गर्न पहल नभएको देखिएको छ ।
लकडाउनको अबधिमा औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक अन्यलाई बाहिर ननिस्कन सरकारले आग्रह गरेपनि प्रशासन कार्यालयले भने धमाधम पास वितरण गरेको भन्दै सर्वसाधारणले समेत असन्तुष्टि जनाएका छन् ।
त्यस्तै नेपाल राष्ट्र बैक, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट पनि थुप्रै पास वितरण भएको देखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies