काठमाडौं : प्रेस काउन्सिल नेपालले कोरोनाबारे गलत समाचार सम्प्रेषण गरेर भ्रम छर्ने १७ वटा अनलाइन मिडिया बन्द गराएको छ । प्रेस काउन्सिलले व्यवसायिक धर्मविपरीत झुठा समाचार प्रकाशन गरी नागरिकमाथि भ्रम सिर्जना गर्ने अरु ३६ वटा अनलाइनसँग स्पष्टिकरणसमेत सोधेको काउन्सिलका सह-प्रशासकीय अधिकृत दीपक खनालले बताए ।
सुचना अधिकारी समेत रहेका खनालले पटकपटक स्पष्टिकरण सोध्दा पनि पुष्टि नै नभएका र समाजलाई आतंकित र उत्तेजित बनाउने गरी समाचार प्रकाशन गरिरहेपछि त्यस्ता अनलाइनहरुलाई नेपालमा खुल्न नसक्ने गरी बन्द गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई सिफारिस गरिएको जानकारी दिए ।
गलत सूचना प्रवाह गरी पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा कोही कसैका बारेमा पनि समाचार सम्प्रेषण गर्न नहुने काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार बन्द गराइएका अनलाइनहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिको मृत्युको वास्तविक कारण नखुल्दै कोरोना भाइरसकै कारण मृत्यु भएको, संक्रमित भएको, नेपाल, चीन या अन्य देशमा कोरोनाको औषधि पत्ता लागेको जस्ता शीर्षकमा समाचार प्रवाह गरेर गलत सन्देश छर्दै समाजमा झन् भय र भ्रम सिर्जना गरेका थिए ।
यी हुन् काउन्सिलले बन्द गराएका अनलाइनहरु :
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies