योगी योगेन्द्र/मध्यान्ह
दोहा : साउदी अरेवियाको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस समाप्तिको घोषणा गरिसकेपछि साउदीबाट विदामा गएका सम्पूर्ण व्यक्तिहरुको (इकामा बहाल भए वा नभए पनि ) भिषा अवधि नवीकरण गर्ने भएको छ ।
पारिवारिक, पर्यटक वा व्यावसायिक भिषामा साउदी आएका तर कोरोना भाइरसको कारण भिषाको अवधि भित्र स्वदेश फर्किन नसकेका वा अवधि थप्न नपाएका व्यक्तिहरुको जरिवाना मिनाहा गरी सरकारी दस्तुर मात्र तिरेपछि २०२० अप्रिल ३० सम्म अवधि थप्ने र संक्रमणको अवधि थपिँदै जाने वा उडान नखुलेसम्म यो प्रकृया जारी रहने साउदीस्थित नेपाली दूताबासले जानकारी दिएको छ ।
साउदी स्वास्थ्य मंत्रालयले कोरोना भाइरस पूर्ण रूपमा समाप्त भएको घोषणा गरेको ३० दिनसम्म यी प्रकृयाको समयावधि बहाल रहने दूताबासले जनाएको छ ।
साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या १५६३ पुगेको छ । कुल संक्रमितहरु मध्ये हालसम्म १६५ जना उपचार पश्चात् निको भएका छन् भने १० जनाको संक्रमणबाट मृत्यू भएको छ । नेपालीहरूमा भने संक्रमण नदेखिएको दूतावासले जनाएको छ ।
दूतावासले अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ०११४६१११०८ नम्बरमा सम्पर्क गर्न सकिने र बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बरमा (व्हाटस्एप समेत यसै फोनमा उपलव्ध छ) सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies