दोहा : कतारको प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले आप्रवासी कामदारको समस्या समाघानको लागि हटलाइन सेवा शुरु गरेको छ । जस अनुसार कामदारले आफ्नो समस्या ९२७९७ मा ५ लेखि आफ्नो कतारी आइडी नम्बर अथवा भिसा नम्बर ईण्ट्री गरेर म्यासेज पठाउन सक्नेछन् ।
यो नयाँ सेवा कामदारसंग सम्पर्क गरि विभिन्न भाषामा उनीहरुको समस्या समाधानका लागि सुचारु गरिएको मन्त्रालयका सहायक सल्लाहकार मुहम्मद हस्सन अल ओबैदलीले मंगलबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यस्तै कोरोना भाइरसका कारण कतार बाहिर रहेका कामदारको सकिएको भिसा भाइरसको महामारी सकिए पश्चात आफै नवीकरण हुने र कामदारले बिना जरिवाना कतार आउन पाउने पत्रकार सम्मेलनमा बताइएको छ ।
क्वारेन्टाइनमा रहेका कामदार तथा अन्य कर्मचारीले पुरा तलब सहित अन्य सुविधा पाउने पनि मन्त्रालयले पत्रकार सम्मेलनमा बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies