एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा कम्तिमा एक लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा भएको कोरोनाभाइरस टास्क फोर्सको ब्रिफिङको क्रममा उनले अबको दुई हप्ता निकै जोखिमपूर्ण र कठिन हुने बताएका हुन् ।
कुनै पनि सावधानी नअपनाइएमा २२ लाख मानिसको मृत्यु हुने जोखिम रहेको ट्रम्पले बताए । उनले संक्रमणबाट जोगिनका लागि सामाजिक दूरी कायम गर्न र सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।
विगतमा कोरोनालाई सामान्य फ्लू मात्रै भन्ने गरेका ट्रम्प पछिल्लो समय यसप्रति गम्भिर भएको देखिएको छ । अमेरिकामा अबको दुई हप्तामा अमेरिकामा एकदेखि दुई लाख मानिसको कोरोना भाइरसका कारण मृत्यु हुने चेतावनी यसअघि नै विज्ञले दिइसकेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies