काठमाडौं : कोभिड - १९ (कोरोना भाइरस) संक्रमणले व्यापार व्यवसायमा गंभीर असर देखाउन थालेपछि यूएई सरकारले विदेशी कामदारलाई करार पुन : संरचनात्को माध्यमबाट व्यवस्थापनका लागि रोजगारदाताहरुलाई अनुमति दिएको छ । त्यहाँको ह्युमन रिसोर्स तथा ईमिरिटाईजेशन मन्त्रालयका अनुसार कामदार व्यवस्थापनको निर्णय यूएईका नागरिकहरका लागि भने लागु हुने छैन । निर्णय मार्च २६ देखि नै रोजगारदाताले लागू गर्न शुरु गरेका छन् ।
मानव संशाधन तथा इमिरेट्स मन्त्री नासिर थानी अल हम्लीले कोरोना भाइरस संक्रमणबाट अर्थतन्त्रमा देखिएको असरलाई न्यूनिकरण गर्न रोजगारदाता र आप्रवासी कामदारबीचको करार सम्बन्धलाई पुनः संरचना गर्न पाउने गरि अनुमति दिएको बताएका छन् ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि चौथो प्रमुख गन्तव्यका रुपमा रहेको युएईमा वार्षिक करिब ५० हजार नेपाली कामदार रोजगारीका लागि जाने गरेका छन । यूएईमा विभिन्न क्षेत्रमा आप्रवासी कामदार रहेका छन् । त्यस मध्ये निर्माण तथा सेवा क्षेत्रलगायतमा ४ लाख बढी नेपाली कामदार रहको अनुमान छ । कामदार पुन: संरचना गर्न रोजगारदातालाई दिइएको यो अधिकारले अन्य देशका जस्तै ठूलो संख्यामा रहेका नेपाली कामदारहरु पनि प्रभावित हुने देखिएको छ ।
यूएई सरकारको अनुमति पछि त्यहाँका रोजगारदाताहरुले कामदारहरुलाई तलवी विदा, वेतलवी विदा, अस्थाथी वा स्थायी तलव कटौती जस्ता प्रकृया अपनाएर कामदारको कारण कम्पनीलाई उत्पन्न हुने आर्थिक भार कम गर्न थालेका छन् । युएईले रोजगारीबाट हटाएको कामदार अर्को रोजगारीमा जोडिएको वा घर फर्किने अवस्थासम्म आवासको सुविधा भने दिनु पर्ने प्रावधान राखेको छ ।
युएई सरकारले विद्युतीय प्रविधिसंग सम्वन्धित रोजगारमा डाटा प्रणालीबाट आफुलाई आवश्यक जनशक्ति खोज्न, त्यसरी खोजेको कामदारको प्रकृति अनुसार (स्थायी, अस्थायी) अनुसारको श्रम स्वीकृतिको अनुमतिका लागि विद्युतीय प्रणाली मार्फत आवेदन दिन सकिने जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies