इंग्ल्याण्ड टिमका विकेटकिपर ब्याट्सम्यान जोस बटलरले आफ्नो टी सर्ट लिलाम गर्ने इच्छा व्यक्त गरेका छन् । जुन टि-सर्ट २०१९ को विश्वकप फाइनलमा लगाएका थिए । बटलर अहिले लन्डनको एक अस्पतालका लागि फण्ड कलेक्सनमा जुटेका छन् ।
टी सर्ट लिलामी गर्ने इच्छा रहेको भन्दै उनले सामाजिक सञ्जाल ट्वीटरमा भिडियो पनि पोस्ट गरेका छन् । बटलरले २०१९ को विश्वकप फाइनलको सुपर ओभरमा रन आउट गरेका थिए । सोही रनआउटका कारण पहिलो पटक इंग्ल्याण्डले विश्वकप जितेको थियो ।
सुपर ओभर पनि बराबरमा टुंगिए पछि इंग्ल्याण्ड बाउन्ड्रिका आधारमा विश्व विजेता बनेको थियो । जुन नियम अहिले पनि विवादको घेरमा छ । उनी अहिले लन्डनको रोयल ब्राम्पटन र हेरफिल्ड अस्पतालको फन्ड कलेक्सनमा जुटेका छन् । उक्त रकम कोरोना भाइरसको संक्रमणविरुद्ध खर्च गरिने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies