काठमाडौं : स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले आज अख्तियारमा मन्त्री ढकाल विरुद्ध उजुरी दिएका हुन् । बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामग्री खरिद गरिएको देखिएको भन्दै उजुरीमा खरिद प्रक्रियाको छानविन र दोषिलाई कारवाहीको माग गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनिएको हुँदा त्यसको पनि छानविन गर्न विवेकशीलले माग गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies