एजेन्सी : युरोपेली फुटबल महासंघ ‘यूईएफए’ ले च्याम्पियन्स लिग र युरोपा लिगका सम्पूर्ण खेल अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोना भाईरस संक्रमणको कारण देखाउँदै प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
यूईएफएले एक विज्ञप्ति जारी गर्दै च्याम्पियन्स लिग र युरोपा लिगका सबै खेल अर्को सूचना जारी नभए सम्मकालागि स्थगित भएको जनाएको हो । बुधबार बसेको यूईएफएका ५५ सदस्य राष्ट्रको बैठकले युरोपेली फुटबलका अधिकांश खेल स्थगित गरेको हो ।
जुनसम्मका लागि तय भएको राष्ट्रिय फुटबल टिमका खेल समेत स्थगित गरिएको छ । त्यसमा युरो २०२० को प्लेअफ खेल समेत परेको छ । युरो कप यसअघि नै अर्को वर्ष हुने गरि सारिएको छ । यस्तै महिलाको युरो २०२१ कै छनोट खेल समेत सारिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies