एजेन्सी : टेनिसको विश्व प्रसिद्ध प्रतियोगिता विम्बल्डन टेनिस रद्द भएको छ । खेल इंग्ल्यान्डमा जुन २९ देखि जुलाई १२ सम्म हुने तालिका रहेको थियो । विश्वमा फैलिएको कोरोना भाईरसको महामारीको कारण विम्बल्डन रद्द भएको हो ।
विम्बल्डन टेनिस दोस्रो विश्व युद्धपछि पहिलो पटक रद्द भएको हो । कोरोना प्रकोपकै कारण फ्रेन्च ओपन सेप्टेम्बरका लागि सञ्चालन गर्ने गरि नयाँ तालिका बनाईएको छ ।
संक्रमणकै कारण युरोकप फुटबल र ओलम्पिक खेलकुद अर्को वर्षको लागि स्थगित गरिएको छ । भाइरस संक्रमणका कारण प्राय खेल गतिविधि ठप्प छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies