काठमाडौं : भारतको नयाँदिल्ली स्थित निजामुद्विनमा आयोजित तबलीगी जमात मरकज मा सहभागी सप्तरीका ४६ जनालाई स्थानीय प्रशासनले नियन्त्रणमा लिई क्वारेन्टाइन राखेको छ । सो धार्मिक सभामा सप्तरी जिल्लाबाट मात्रै २ सय बढी मुस्लिम समुदाय सहभागी भएको अनुमान गरिएको छ ।
नयाँदिल्लीको जमातमा सहभागी भई घरमा लुकीछिपी बसिरहेको गोप्य सुचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिईएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । पक्राउ पर्ने मुस्लिमहरूमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका १२ जना, राजबिराजका ९ जना, क चनरूप नपाका १८ जना र हनुमाननगर कंकालनी नपाका ७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँ लाल यादबले बताए ।
उनीहरूलाई जिल्लाका विभिन्न क्वारेन्टाइनमा राख्ने काम भइरहेका छन् । दिल्लीबाट फर्केका सप्तरीको बोदेबरसाईन नपाका सबैभन्दा धेरै संख्यामा रहेकाहरूको खोज तलास भईरहेका सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइले बताए ।
धार्मिक सभामा सुनसरी सिरहा, रौतहट लगायतका जिल्लाका मुस्लिम धर्मालम्बीहरु सहभागी भएको अनुमान गरिएको छ । दिल्लीको धार्मिकसभामा सहभागीमध्ये कैयौं व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ ।
त्यहाँ सहभागी केही व्यक्तिको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ । सभामा सहभागी १६ देशका ८ सय बढीलाई भारतमै क्वारेन्टाइनमा राखिएको छ । जसमा नेपालका समेत विस जना छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies