एजेन्सी : बेलायतको ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारी निलम्बन गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सबै उडान स्थगित भएपछि एयरवेजले आफ्ना कर्मचारी र चालक दलका सदस्यहरुलाई निलम्बन गर्ने घोषणा गरेको हो ।
कर्मचारी युनियनसँगको वार्तापछि कर्मचारी निलम्बनको सहमति भएको हो । एयरवेजले यसअघि नै आफ्ना ८० प्रतिशतसम्म कर्मचारी कटौती गर्ने बताइएको छ । कोरोनाको संकट समाधान नभएसम्म एयरवेजले सबै स्थानमा आफ्ना उडान स्थगित गरिसकेको छ ।
अवकास पाएका कर्मचारीले बेलायत सरकारले अवलम्बन गरेको कोरोना भाइरस रोजगार अवधारणा योजनामार्फत आफ्नो पारिश्रमिक पाउनेछन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies