कपिलवस्तु : कपिलवस्तुमा प्रहरी हिरासतमै गएराति एक थुनुवा झुण्डिएको अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय पिपरामा आफ्नै छोरीको जवरजस्ती करणी मुद्दा अन्तर्गत थप अनुसन्धानका लागि थुनामा रहेका वाणगंगा नगरपालिका ८ का ३८ वर्षीय पुरुष झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
थुनुवा कक्षसँगै रहेको शौचालयको भेन्टिलेशनमा तन्नाले बांधेर झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयवाट प्रहरी नायब उपरीक्षक सुनिल मल्लको टोली पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies