काठमाडौं : महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले आफ्नो दुई महिनाको तलबभत्ता कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने घोषणा गरेका छन् ।
सीईओ भट्टराईले एक विज्ञप्ति जारी गर्दै आफ्नो दुई महिनाको तलबभत्ता कोषमा उपलब्ध गराउने घोषणा गरेका हुन् । विश्व महामारी यो भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारको मात्र प्रयासले सम्भव नभएकोले नागरिक समुदाय, संघसंस्था तथा अन्तर्राष्ट्रिय समुदायबाट सरकारले सक्दो सहयोगको आशा गरेकोले आफूले आफ्नो दुई महिनाको तलबभत्ता उक्त कोषमा उपलब्ध गराउने निर्णयमा पुगेको सीईओ भट्टराईले बताए ।
आफूले सहयोग गर्ने घोषणा गरेको रकमबराबरको चेक लकडाउन खुलेपछि सरकारलाई हस्तान्तरण गर्ने भट्टराईले जानकारी दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies