काठमाडौं : नेपालमा कोरोना भाइरस ( कोभिड - १९ ) संक्रमितको संख्या ६ जना पुगेको छ । बिहीबार थप एक जनामा कोरोना पोजेटिभको रिपोर्ट आए पछि यो संख्या थप्न पुगेको हो । कोरोना संक्रमित छैठौं ब्यक्ति पनि बिदेशबाट नेपाल भित्रिएकामध्ये कै हुन् । गत चैत ४ गते। कतार एयरवेजको क्यू आर ६५२ नम्बरको उडानबाट काठमाडौं भित्रिएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाका अनुसार सोहि उडानबाट नेपाल आएकी बागलुङकी एक महिलामा कोरोना पोजेटिभ देखिएको हो । यस अघि सोहि उडानबाट नेपाल भित्रिएकामध्ये अन्य दुई जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । यसरी कतार एयरवेजको एकै उडानमा आएकामध्ये ३ जनामा संक्रमण भएको पाइएको छ ।
नेपालमा भेटिएका ६ संक्रमितमध्ये एक जना निको भएर घर फर्कि सकेका छन् भने बाँकी ५ जनाको उपचार भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies