काठमाडौं : भारतीय क्रिकेट टिमका पूर्व ओपनर तथा वर्तमान सांसद् गौतम गम्भीरले कोरोना भाइरसविरुद्धको अभियानका लागि आफ्नो २ वर्षको पारिश्रमिक सरकारी कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
गम्भीर अहिले भारतीय जनता पार्टी भाजपाका दिल्लीका सांसद पनि हुन् । उनले कोरोनाविरुद्धको अभियानमा सरकारलाई सघाउन प्रधानमन्त्री राहत कोषमा आफ्नो २ वर्षको पारिश्रमिक दिने घोषणा गरेको जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत गम्भीरले भनेका छन् ‘ अहिले सरकारले मलाई के दियो भनेर प्रश्न गर्ने भन्दा पनि आफुले दिन पर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ ।’ साथै उनले उनले अरुलाई पनि प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आग्रह पनि गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies