काठमाडौं : विश्विभर तीव्र रुपमा फैलिएको प्राणघातक कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण रोजगारदाताहरुले कामदार कटौती शुरु गर्दा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार प्रभावित बन्न थालेका छन् ।
गतवर्ष नाभेम्वरमा चीनमा कोरोना भाइरसको संक्रमण देखा परेपनि विगत तीन हप्तायता विश्वव्यापी लक डाउनको अवस्था उत्पन्न भएपछि आप्रवासी कामदार समस्यामा पर्न थालेका हुन् ।
यस क्रममा यूरोपपीय मुलुक रोमानियामा करीब २ हजार ५ सय नेपालीहरु प्रभावित भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सघका महासचिव सुजित कुमार श्रेष्ठका अनुसार मेड सर्भिस, हस्पिटालिटि, निर्माण र अन्य क्षेत्रमा कार्यरत कामदार वढी प्रभावित रहेका छन् ।
त्यसमध्ये हस्पिटालिटि क्षेत्रका करिब ५ सय कामदारलाई बेतलबी बिदामा राखिएको छ भने करिब एक हजार निर्माण तथा अन्य क्षेत्रका कामदारहरुलाई रोजगारदाताले ७५ प्रतिशत तलब दिने सर्तमा छुट्टी दिएर राखेका छन् ।
रोमानियाका रोजगारदाता र कामदार विच विदाका वारेमा विवाद भएपछि रोमानियाका लागि नेपाली महावाणिज्य दूत नवराज पोखरेल सक्रियभई नेपाली कामदार र रोजगारदाता बीच सहमति गराएका थिए ।
संघले समस्या समाधाना लागि पहल गरेका महावाणिज्युत पोखरेललाई धन्यवाद व्यक्त गर्दै रोमानियामा कामदार पठाएका वैदेशिक रोजगार व्यवसायीहरुलाई आफुले पठाएका कामदारबारे जानकारी लिन र समस्या भए समाधानको पहल गर्न आग्रह गरेको छ ।
युरोपियन मुलुक रोमानियामा कोरोना भाइरसको संक्रमणबाट ८० भन्दा बढीले ज्यान गुमाएका भएपनि नेपाली कामदार परेको खवर छैन । त्यहाँ करीब दुई हजार ५ सय जान संक्रमित भएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies