एजेन्सी : भारतमा कोरोना भाइरसका कारण ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १५ जना राजधानी दिल्लीमा भएको एक धार्मिक कार्यक्रममा सहभागीहरु छन् । सो कार्यक्रममा विभिन्न देशका चारहजार भन्दा बढी मानिस सहभागी भएको बताइएको छ ।
अहिलेसम्म भारतमा २ हजार ५ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । तिमध्ये सबैभन्दा धेरै उक्त कार्यक्रममा सहभागीहरु भएको दावी भारतीय सञ्चारमाध्यमको छ । संक्रमित थपिँदै गएपछि यसअघि घाषणा गरिएको २१ दिन लामो लकडाउनमा थप कडाइ गर्नुपर्ने माग उठ्न थालेको छ ।
सो कार्यक्रममा सहभागी करिव ५० जना नेपालमा पनि विभिन्न जिल्लामा क्वारेन्टाइनमा राखिएका छन । तिमध्ये अधिकांश सप्तरी जिल्लाका छन् । रौतहटका केहीलाई भने भारतमै क्वारेन्टिनमा राखिएको छ । धार्मिक सभामा सहभागी भएको आशंकाका प्रहरीले विभिन्न स्थानमा खोजि अभियान सञ्चालन गरिरहेको छ ।
भारतपछि दोस्रो संक्रमित दक्षिण एसियाली मुलुकमा पाकिस्तान रहेको छ, जहाँ २ हजार ४ सय २१ जना संक्रमित रहेका छन् । पाकिस्तानमा कोरोनाका कारण ३ जनाको मृत्यु भइसकेको छ । अफगानिस्तानमा २ सय ७३ जनामा संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी, श्रीलंकामा १ सय ५१ जना संक्रमित रहेकामा चारजना र बंगलादेशमा ५६ जना संक्रमित रहेकामा ६ जनाको मृत्यु भइसकेको छ । माल्दिभ्समा १९ जना, नेपालमा ६ जना र भुटानमा ५ जनामा यो रोगको संक्रमण देखिए पनि कसैको ज्यान गएको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies