सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीको प्रतापपुर गाँउपालिका वडा नं ६ मा बिपन्न परिवारलाई राहत सामग्री बितरण गरिएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना रोकथाम ,नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण कामकाज प्रभावित भएकोले गरीव एवं बिपन्न परिवारलाइ भएको समस्यालाइ मध्यनजर गर्दै राहत उपलब्ध गराइएको समाजसेवी उमेश चन्द्र यादवले बताए ।
राहत सामग्री स्वरुप यादवले ब्यक्तिगत लगानीमा करिब २० घर दुरीलाई प्रति धुरी १० किलोको हिसाबले चामल, साबुन र माक्स उपलब्ध गराएका हुन् ।साथै आवश्यकता अनुसार आउने दिनहरुमा बिपन्न परिवारको लागी थप सहयोग गर्ने पनि यादवले बताए ।
लकडाउनको दोस्रो हप्ता शुरु भएपनि यहॉ गााउँपालिकाबाट कुनै किसिमको राहत उपलब्ध नभएको हुँदा बिपन्न परिवारलाई छाक टार्न निकै कठिनाईको सामना गर्नु परेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies