योगी योगेन्द्र/मध्यान्ह
दोहा : कुवेतमा थप १ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यसअघि बुधबार कुवेतमा ३ शय १७ जना कोरोना संक्रमित भेटिंदा पहिलो पटक १ नेपालीमा पनि कोरोना पोजेटिभ देखाएको थियो । शुक्रबार थप १ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या २ पुगेको छ ।
कुवेतमा शुक्रबार एक नेपालीसहित ७५ जनालाई पोजेटिभ देखिएको थियो । कुवेतमा हालसम्म कोरोना संक्रमितको संख्या भने संख्या ४१७ पुगेको छ । कुवेतस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट बच्नका लागि उच्च सतर्कता अपनाउन नेपाली समुदायलाई पटक पटक आग्रह गरिरहेको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies