काठमाडौ : साउदी अरवमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ हजार ३९ जना पुगेको छ । आज शुक्रबार मात्रै थप १५४ जनामा कोरोना संक्रमण पुष्टी भएपछि साउगीमा कुल संक्रमितको संख्या २ हजार ३९ पुगेको हो । संक्पितमध्ये हालसम्म ३ शय ५१ जना निको भएका छन् भने शुक्रबार ४ जना संक्रमितहरुको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २५ पुगेको साउदी अधिकारीहरुले जनाएका छन् । प्राप्त जानकारी अनुसार साउदीमा आजसम्म नेपालीहरूमा कोरोना संक्रमण पाइएकाे छैन ।
कोरोना भाइरसको संक्रमण रोक्न साउदी सरकारले शुक्रबारबाट लागू हुने गरी पूर्वी क्षेत्रका दम्माम, ताइफ र कतिफमा अर्को सूचना नभएसम्मका लागि दिनको ३ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । तसर्थ सो क्षेत्रमा रहने नेपालीहरुले कर्फ्यूको समयलाई पूर्ण पालना गर्न साउदीस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । यसअघि मक्का र मदिना क्षेत्रमा कोरोनाको संक्रमण बढ्दो देखिएपछि साउदी सरकारले हिजो देखि अर्को सूचना नभएसम्मका लागि उक्त क्षेत्रमा २४ घण्टे कर्फ्यू लगाएको छ ।
यस्तै रियाद क्षेत्रको कर्फ्यूको समय यथावत् दिनको ३ बजेबाट भोलिपल्ट ६ बजेसम्म रहेको छ । दूतावासले कर्फ्यू पालना वा उल्लंघन सम्बन्धी कुनैपनि भिडियोहरु सामाजिक संजालमा नराख्न पनि सबैमा पुनः अनुरोध गरेको छ ।
साउदी सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्किन र भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेकाले आउँदा दिनहरुमा पनि संक्रमण हुनबाट बच्न अत्यन्त सावधानी अपनाउनु हुन पनि सम्पूर्णमा नेपाली राजदूतावासले अनुरोध गरेको छ ।
यस पृष्ठभूमिमा कोरोना संक्रमणबारे सावधानी र सचेताका सबै अनुभव र जानकारीहरु जतिसक्दो धेरैजना बीच पुर्याई एक अर्कालाई मद्दत गर्न अनुरोध गरिएको पनि दूतावासका श्रम काउन्सिलर जीवन राईले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies