इमरान खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तु जिल्लाको विजयनगरमा भिषण आगलागी हुँदा ४० घरगोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं. १ गुगौलीमा शुक्रवार करिब अपरान्ह ४ बजेतिर आगलागी भएको हो । स्थानीय काशीराम यादवको घरबाट आगो लागेको प्रहरीले जनाएकोे छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए । आगो किन र कसरी लागेको अझै खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नेपालले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies