सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीको गुठी परसौनीमा सशस्त्र प्रहरीद्वारा अबैधरुपमा राखिएको मदिरा नष्ट गरिएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले सुस्ता गाउँपालिका वडा नं ५ बलिनगरमा गएराति नेपालबाट भारततर्फ लग्दै गरेको अवस्थामा करिब एक सय लिटर अबैध घरेलु मदिराको साथै भारतीय नम्बर यु.पी.५६एच, ९२६८को मोटरसाइकल दशगजाबाट बरामद गरेको थियो ।
बरामद गरिएको मदिरा स्थानीय र पत्रकारहरुको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक अधिकारीले बताए । लकडाउनको समयमा सीमा तस्करी तथा सीमा सुरक्षाको निगरानी पूर्णरुपले बढाइनुका साथै मानिसहरुलाई आवतजावतमा पूर्णरुपमा रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies