योगी योगेन्द्र/मध्यान्ह
दोहा : प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुको अवस्था बुझ्ने प्रकृया शुरु गरेका छन् । प्रधानमन्त्री ओलीले सनिवार बहराइनका प्रधानमन्त्री खालिफा विन सलमान अल खालिफासँग टेलिफोन गरी त्यहाँ रहेका नेपाली कामदारको अवस्था वारेमा जानकारी लिएका हुन ।
हाल खाडमिा १५ लाख बढी नेपाली रहेको अनुमान छ । प्रधानमन्त्रीका राजनितिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीबाट खाडीका अन्य मुलुकका सरकार प्रमुखरुसंगपनि टेलिफोन गरी नेपाली कामदारहरुको अवस्था जानकारी लिने तयारी भइरहेको जानकारी दिएका छन् ।
त्यस अवसरमा नेपाली कामदारहरुप्रति चासो राख्दै बहराईनबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत दिएको रिमालले बताएका छन् ।
बहराइनमा शनिवार ९ जना नेपाली कामदार कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमित भएको सार्वजनिक भएको थियो भने त्यस अघि ३ जना नेपालीमा कोरोना देखिएको थियो । अघिल्लो पटकका तीन जना हाल संक्रमण मुक्त भइसकेको बताइएको छ ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका नेपाली कामदारमा कोरोना भाइरसको पोजिटिभ अवस्था देखिएको हो । नेपाली सहित ४ सय जना आप्रवासी कामदार बस्ने बहराइनको सल्मावादस्थित क्याम्पका सबै कादारको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमा ९ जना नेपालीलाई संक्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताएका छन् ।
कोारोनाको संक्रमण विश्वव्यापी भएसँगै गत चैत ११ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले खाडी र अफ्रिकी मुलुकमा रहेका नेपाली राजदूतहरूसँग भिडिओ कन्फरेन्स मार्फत त्यहाँ रहेका नेपाली कामदारहरुको बस्तुगत अवस्थावारे जनाकारी लिएका थिए ।
विश्विभर तीव्र रुपमा फैलिएको प्राणघातक कोरोना भाईरस (कोभिड–१९)को संक्रमणका कारण राजगारदाताहरुले कामदार कतौती शुरुगर्दा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार प्रभावित बन्न थालेका छन् । गतवर्ष नोभेम्वरमा चीनमा कोरोना भाइरसको संक्रमण देखा परेपनि विगत तीन हप्तयता विश्वव्यापी लक डाउनको अवस्था उत्पन्न भएपछि आप्रवासी कामदार समस्याका पर्न थालेका हुन् ।
कोारेना संक्रमणका कारण विभिन्न मुलुकमा नेपाली कामदार प्रभावित भएको खवर आइरहेको छ । यूरोपीयन मुलुक रोमानिया करीब २ हजार ५ सय नेपालीहरु प्रभावित भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सघका महासचिव सुजित कुमार श्रेष्ठका अनुसार मेड सर्भिस, हस्पिटालिटि, निर्माण र अन्य क्षेत्रमा कार्यरत कामदार वढी प्रभावित रहेका छन् । त्यसमध्ये मध्ये हस्पिटालिटि क्षेत्रका करिब ५ सय कामदारलाई बेतलबी बिदामा राखिएको छ भने करिब एक हजार निर्माण तथा अन्य क्षेत्रका कामदारहरु लाई रोजगारदाताले ७५ प्रतिशत तलब दिने सर्तमा छुट्टी दिएर राखेका छन् ।
रोमानियका रोजगारदाता र कामदार विच विदाका वारेमा विवाद भएपछि रोमानियाका लागि नेपाली महावाणिज्यदूत नवराज पोखरेल सक्रियभई नेपाली कामदार र रोजगारदाता बीच सहमति गराएका थिए । संघले समस्या समाधाना लागि पहल गरेका महावाणिज्यदूत पोखरेललाई धन्यवाद व्यक्त गर्दै रोमानियामा कामदार पठाएका वैदेशिक रोजगार व्यवसायीहरुलाई आफुले पठाएका कामदारबारे जानकारी लिन र समस्या भए समाधानको पहल गर्न आग्रह गरेको छ ।
उता मलेसियामा आवागमन आदेश उल्लंघन गरेको आरोपमा चार नेपालीलाई तीन महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिवाना भएको छ । मलेसियाले कोरोना भाइरस (कोभिड १९) फैलिन नदिन लगाएको आवागमन बन्देजको उल्लंघन गरेको अभियोगमा पूर्ण बहादुर लिम्वू , दुर्गा बहादुर सार्की , पुण्य तामाङ, र भरोसी सदालाई कारावाही गरेको मलेसियाको मेलक्का अध्यागमन कार्यालयले जनाएको छ ।
चारजना नेपालीसँगै पक्राउ परेका एक जना पाकिस्तानी तथा एकजना बंगलादेशी नागरिकलाई तीन महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिवाना भएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies