चितवन : नवलपुर जिल्लाका कैदी बन्दीलाई चितवन कारागार ल्याइएपछि यहाँका कैदी बन्दी त्रासमा परेका छन् । नवलपुरमा हालसम्म कारागार रहेको छैन ।
कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कोरोना भाइरस जोखिम हुन नदिन लकडाउन गरिएपछि नवलपुर जिल्ला अदालतबाट आदेश भइ ११ जना कैदी बन्दी यहाँ आएका छन् । उनले भने “करागारको क्षमता कम नै रहेको छ । विशेष परिस्थितिका कारण कैदीबन्दी ल्याइएको हो । अव नपठाउन अनुरोध गरेका छौ ।”
दुई सय ५५ जना क्षमता भएको यहाँको पुरुष बन्दी गृहमा ६६८ र २५ जनाको क्षमता रहेको महिला गृहमा तीन आश्रित बालिकासहित ५८ जना रहेका छन् । साँघुरो ठाउँमा बाहिरबाट आउनेले रोग ल्याएमा सबै सङ्क्रमित हुने भएकाले सबै त्रासमा परेका हुन् ।
प्रमुख काफ्लेका अनुसार कारागारमा एक जना अहेबको दरवन्दि रहेको छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन कैदी बन्दीका आफन्तलाई भेटघाट बन्द गरिएको छ । कारागार भित्रै १५ श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ ।
सर्वाेच्च अदालतले एक वर्षसम्म कैद तोकिएकालाई बाँकी समयको कैदको रकम भूक्तानी गरी छाड्ने आदेश गरेको छ । यस कारागारमा ३८ जना त्यस्ता कैदी रहेका छन् । ती मध्ये १६ जनाले मात्र सो सुविधा प्रयोग गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies