काठमाडौं : विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या १२ लाख ७२ हजार नाघेको छ । भाइरसका कारण अहिलेसम्म ६९ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । दुई लाख ६१ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या तीन लाख ३६ हजार नाघेको छ भने ९ हजार ६ सय १६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो चौबीस घण्टामा मात्रै १ हजार १ सय ६५ जनाले ज्यान गुमाएका छन् । त्यहाँ १७ हजार ९ सयभन्दा बढी उपचारपछि घर फर्किएका छन् ।
त्यसैगरी, इटलीमा १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या १ लाख २८ हजार ९ सय नाघेको छ । त्यहाँ २१ हजार ८ सयभन्दा बढी संक्रमित उपचारपछि स्वस्थ भएका छन् ।
संक्रमितको संख्या स्पेनमा १ लाख ३१ हजार नाघेको छ । त्यहाँ १२ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ३८ हजारभन्दा बढी उपचारपछि घर फर्किएका छन् । जर्मनीमा संक्रमितको संख्या १ लाख नाघेको छ भने एक हजार ५ सय ८४ जनाको मृत्यु भइसकेको छ ।
फ्रान्समा संक्रमितको संख्या ९२ हजार नाघेको छ भने मृत्यु हुनको संख्या ८ हजार ७८ पुगेको छ । इरानमा संक्रमितको संख्या ५८ हजार २ सयभन्दा बढी पुगेको छ भने ३ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ । बेलायतमा ४७ हजार ८ सयभन्दा बढीमा संक्रमण देखिएको छ भने ४ हजार ९ सय ३४ जनाको मृत्यु भइसकेको छ ।
दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । भारतमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११७ पुगेको छ भने ४ हजार २ सयभन्दा बढी संक्रमित भएका छन् । त्यसैगरी, पाकिस्तानमा संक्रमितको संख्या ३ हजार १ सय नाघेको छ भने ४७ जनाले ज्यान गुमाएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies