काभ्रे : काभ्रेको धुलिखेल अस्पतालमा पनि कोरोना संक्रमणको परीक्षण शुरु भएको छ । आइतबारबाट अस्पतालले परीक्षण शुरु गरेको हो । पहिलो दिन ११ जनाको नमूना परीक्षण गरिएको अस्पतालले जानकारी दिएको छ ।
विदेशबाट फर्किएका र केहि शंकास्पद ब्यक्तिहरुको नमूना परीक्षणलाई निरन्तरता दिइने अस्पतालले जानकारी दिएको छ ।
टेकु अस्पतालमा जस्तै धुलिखेल अस्पतालमा रियलटाईम पिसिआर परिक्षण सुरु भएको हो । परीक्षणको रिपोर्ट चारघन्टामा सार्वजनिक हुने बताइएको छ ।
यसअघि अस्पतालले शंकास्पद विरामीहरुको नमूना टेकु अस्पताल पठाउने गरेको थियो । अस्पतालमा कोरोना संक्रमणका आशंका गरिएका विरामीलाई राख्नका लागि आइसोसेजन कक्ष लगायतका तयारी यसअघि नै गरिएको छ । अस्पतालले ज्वरोका विरामीहरुको छुट्टै चेकजाँच समेत सुरु गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies