एजेन्सी : छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सय नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान कोरोना भाइरसको नयाँ तथ्यांक जारी गर्दै मृत्यु हुनेको संख्या सय नाघेको पुष्टि गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या एक सय नौ पुगेको जनाएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या चार हजार ६७ पुगेको छ । जसमध्ये ३६ सय ६६ जनाको उपचार भइरहेको छ भने दुई सय ९१ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै पाकिस्तानमा ३ हजार १ सय ५७ जना संक्रमित भएका छन भने ४७ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा ३ सय ४९ जना संक्रमित छन भने चार जनाको ज्यान गएको छ । श्रीलंकामा पाँच जनाको मृत्यु भएको छ भने १ सय ७६ जना संक्रमित छन् ।
बंगलादेशमा ८ जनाको मृत्यु भएको छ भने ८८ जना संक्रमित छन् । त्यस्तै माल्दिभ्समा १९, नेपालमा ९, भुटानमा ५ जना संक्रमित छन । हालसम्म सार्क देशहरुमा ७ हजार ३ सय ९१ संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या १ सय ७६ रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies