काठमाडौं : यो वर्षको इण्डियन प्रिमियर लिग ‘आईपिएल’ टी ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । भारतमा कोरोना भाइरसविरुद्ध लड्न लकडाउनको अवधि बढाइएसँगै अप्रिल १५ देखि हुने भनिएको आइपिएल अनिश्चितकालका लागि स्थगित भएको हो ।
भारतीय क्रिकेट बोर्ड ‘बिसिसिआई’ ले आइपिएल स्थगित गरिएको जानकारी सबै फ्रेन्चाइज टिमलाई दिएको हो । नयाँ आईपीएल कहिले हुने भन्ने ‘बिसिसिआई’ ले स्पष्ट पारेको छैन ।
बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले संकट झेलेका बेला खेल प्राथमिकतामा नरहने बताउदै आएका छन । बिसीसीआईले सेप्टेम्बर र नोभेम्बरमा खेल गर्न सकिने बताएको छ ।
तर सो समयमा टि ट्वान्टी विश्वकप हुने भएकाले खेल गर्न सम्भव नहुने देखिएको छ । भारतमा अहिलेसम्म १० हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ । ३ सय ७७ को मृत्यु भइसकेको छ ।
आईपीएलको १३ औं संस्करण सुरुमा मार्च २९ देखि मे २४ सम्म हुने तय थियो । पछि त्यसलाई अप्रिल १५मा सारिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies