काठमाडौं : रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानी समेत रहेकी उनको गएराति ८४ बर्षको उमेरमा निधन भएको हो । रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।
उनी रेडियोमा गीत गाउने प्रथम महिला हुन । उनले १६ वर्षको उमेरमा बिराटनगरको मिल्स एरियामा रहेको स्टुडियोबाट गीत गाएकी थिइन् ।
२००७ सालमा नेपाली कांग्रेसले प्रचार प्रसारका क्रममा बिराटनगरमा स्थापना गरेको रेडियोमा अधिकारीले गीत गाएकी थिइन् । त्यसपछि अधिकारी विराटनगरमा धेरै वर्षसम्म शिक्षण र राजनीतिमा सकृय थिइन् । उनको निधनप्रति नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies