एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रार्थना जरुरी रहेको भन्दै चर्चहरु खोल्नुपर्ने बताएका छन् । ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको बताएका हुन् ।
अमेरिकामा थोरै हैन धेरै प्राथनाको गर्न आवश्यक रहेको पनि उनले उल्लेख गरेका छन् । अमेरिकामा मार्चदेखि गभर्नरहरुले चर्चसँगै व्यापारिक प्रतिष्ठान र सार्वजनिक स्थल बन्द गर्ने निर्णय गरेका थिए । राष्ट्रपतिले चर्च खोल्नुपर्ने घोषणा गरेपनि त्यसको अन्तिम निर्णय भने प्रान्तिय गभर्नरले मात्रै गर्न सक्छन् ।
चर्च खोलेमा कति मानिस भेला हुन पाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकार पनि गभर्नरलाई नै हुनेछ । पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्प लकडाउन खुकुलो पार्ने पक्षमा छन् ।
तर स्वास्थ्यकर्मीले भने त्यसले अफ्ठयारो अवस्था ल्याउने चेतावनी दिदै आएका छन् । कोरोनावाट अमेरिकामा कोरोनाबाट १६ लाख बढी संक्रमित छन् । ९५ हजार ९ सय २१ जनाको मृत्यु भएको छ । शुक्रबार थप १२ सय ६० जनाको अमेरिकामा मृत्यु भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies