काठमाडौं : रुकुममा दुई जनाको हत्या र चार जना बेपत्ता भएको घटनाको अनुसन्धानका लागि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । अन्तरजातीय प्रेम सम्बन्धको विवादका कारण गाँउलेको कुटपिटवाट दुईजनाको मृत्यु भएको घटनाको छानविनका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा केटी पक्षका परिवारका सदस्यहरु समेत छन । प्रहरीले मृतक परिवारको जाहेरीका आधारमा थप अनुसन्धान अघि बढाउने जनाएको छ । गत शनिबार राति जाजरकोटका नवराज विक प्रेमिका लिन गाउँका १८ जना साथ लिएर रुकुमको चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए ।
तर उनीहरु गाउँमा पुगेलगत्तै केटी पक्षका आफन्तसहित गाउँलेहरुले आक्रमण गरेका थिए । मृतक नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन् । युवतीको सल्लाहमै नवराजसहितको समूह उनलाई लिन सोती पुगेको समयमा आक्रमण भएको थियो ।
गाउँलेहरुको आक्रमणमा प्रेमिका लिन पुगेका नवराज विकसहित उनका साथी टीकाराम विकको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । मृत्यु भएका दुवैजनाको शव भेरी नदी किनारमा भेटिएको थियो । गाउँलेहरुले लखेटेपछि भाग्ने क्रममा नदीमा हाम फालेका उनीहरुको डुबेर मृत्यु भएको अनुमान गरिएको छ ।
बेपत्ता चार जनाले पनि नदिमै हामफालेको बताइएको छ । गाउँमा पुगेका १२ जनालाई गाउँलेहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । उनीहरु मध्ये घाइते रहेका दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies