सन्तोश पौडेल/मध्यान्ह
खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला अस्पतालको आयोजनामा अग्रपंतिमा रहेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी र क्वारेनटाइनमा रहेका १९ जना गरी ८५ जनाको पीसीआर टेष्ट गरिएको छ ।
दिक्तेल बजारस्थित सरस्वतीमाविमा सोमबार ८५ जनाको स्वाव सङ्कलन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य संयोजक तिर्थराज आचार्यले जानकारी दिए । आवश्यक्तानुसार थप ब्यक्तिहरुको पनि स्वाव सङ्कलन गरिने संयोजक थापाले बताए । आरडीटी परीक्षण गर्ने काम जारी रहेको र सोमबार नै बुईपा र नेर्पामा रहेका क्वारेनटाइनका ब्याक्तिहरुको आरडीटी परीणण गर्ने आचार्यले बताए ।
१ सय ५ जनाको स्वाव परिक्षण गर्दा खोटाङमा एक जना ब्याक्तिको मात्रै रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल खोटाङका प्रमुख शैलेश श्रेष्ठले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies