काठमाडौं : नेपालमा कोकाकोलासँगै क्रियशनले वेस्ट वर्कर इमरजेन्सी रिलिफ प्रोजेक्ट (डब्लूडब्लूईआरपी) नामको संयुक्त पहलको घोषणा गरेको छ । कम्पनीको लक्ष्य जोखिममा रहेका वेस्ट वर्करहरु र उनीहरूका परिवारहरूलाई भाइरसको नकारात्मक असरबाट बचाउन सहयोग पुर्याउन जागरूकता, सुरक्षा सामग्रीहरू र राहत सामग्रीहरू प्रदान गर्ने हो । यो परियोजना कोकाकोलाको कोभिड—१९ बिरूद्ध लड्न रु ८ करोड सहयोग गर्ने प्रारम्भिक प्रतिबद्धताको एक हिस्सा हो ।
यस परियोजनाको पहिलो कार्यक्रम १५ मेई, २०२० मा काठमाडौंको बुढानिलकण्ठस्थीत वुमन फर ह्युमन राइटमा आयोजना गरिएको थियो जहाँ १५० वेस्ट वर्करहरुलाई सुरक्षा सम्बन्धी जागरूकतासँगै राहत सामग्री वितरण गरिएको थियो ।
हालसम्म ४ राहत कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भइसकेका छन् जसले ४६० वेस्ट वर्करहरूलाई प्रत्यक्ष लाभान्वित गरेको छ । तिनीहरूलाई सुरक्षा र जागरूकता कार्यक्रम, खाद्यान्न राहत प्याकेज र महिला लाभार्थीहरूको लागि डिग्निटी किट प्रदान गरिएको थियो जसमा प्राथमिक आवश्यकता सुनिश्चित गर्न र उनीहरूको आजीविका सुरक्षाको लागि वातावरण मैत्री र पुनःप्रयोगयोग्य सेनिटरी प्याडको साथसाथै व्यक्तिगत स्वच्छता सामग्रीहरू जस्तै साबुन, डिटर्जेन्ट, पञ्जा र आवश्यक औषधिहरू प्रदान गरिएको थियो ।
यसबाहेक, मेई २५ तारिखको राहत कार्यक्रममा १०० जना अग्रपङ्गतीमा रहेका वेस्ट वर्करहरुलाई रक्षात्मक जम्पसुटहरू र सुरक्षा सामग्रीहरू प्रदान गरिनेछ र यस कार्यक्रममा काठमाडौंका मेयर विद्या सुन्दर शाक्यको पनि उपस्थीति रहने छ ।
डब्लुडब्लूईआरपी प्रोजेक्ट वुमन फर ह्युमन राइट, डोको रीसाइक्लर, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसियटिभ (एचसीआई) का संयुक्त सहयोग हो जसले परियोजनाको व्यापक पहुँचका लागि आफ्नो सञ्जालमा रहेका वेस्ट वर्करहरुको सूची प्रदान गरेका थिए ।
यो पहलको उद्देश्य संकटको वर्तमान अवस्थामा ३२०० वेस्ट वर्करहरु र उनीहरुका परिवारहरुसम्म पुग्दै उनीहरुका सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्ने हो जहाँ २५०० भन्दा बढि वेस्ट वर्करहरु प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । उक्त परियोजना काठमाडौं, किर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, लहान, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा सञ्चालन गरिनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies