एजेन्सी : औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोरोना भाइरसको सम्भावित उपचारमा प्रयोग गर्न भैरहेको परीक्षण रोकिएको छ । विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ ले सुरक्षाको त्रासका कारण अस्थायी रुपमा परीक्षण रोकिएको जनाएको हो ।
डब्ल्यूएचओको आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले परीक्षणमा रोक लगाउने निर्णय कुनै समस्यासँग जोडिएर नभएको बताएका छन । हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले कोरोना संक्रमित विरामीको मृत्यु हुने जोखिम बढाउने प्रतिवेदन सार्वजनिक गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै भाइरसबाट बच्न उक्त औषधिको प्रयोग गरिरहेको जनाएका थिए । हाइड्रोक्सीक्लोरोक्वीन औलोको लागि सुरक्षित औषधि मानिए पनि अहिलेसम्म कुनै परीक्षणले यसलाई कोरोना संक्रमण नियन्त्रणका लागि प्रयोग गर्न सुझाव दिएका छैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies