काठमाडौं : गुल्मीमा एक जना जनप्रतिनिधि सहति दुई जना व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रादेशीक प्रयोगशाला रुपन्देहीमा गरिएको स्वाँब परीक्षणमा ३६ र ३७ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
तिमध्ये एक जना जनप्रतिनिधि र एकजना भारतबाट फर्केर क्वारेन्टिनमा बसेका ब्यक्ति हुन् । दुबै जनालाई सदरमुकाम तम्घासको आइसोलेसनमा राखिएको छ ।
जनप्रतिनिधिमा कोरोना संक्रमणको पुष्टि भएपछि उनको सम्पर्कमा रहेका ४४ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको छ । कोरोना संक्रमणका कारण गुल्मीमा हालसम्म एक जनाको मृत्यु भएको छ । अन्य तीन जनामा संक्रमण देखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies