रौतहट : रौतहटमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् । रौतहटको सदरमुकाम गौरम पहिलो पटक ७ जनामा संक्रमण देखिएको छ ।
यसैगरी देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । आज संक्रमण पुष्टि भएकामा तीन जना बालबालिका समेत छन् ।
संक्रमण पुष्टि भएका सबै जना हाल क्वारेन्टाइनमा रहेका छन् । यसअघि हिजो मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका मध्ये २६ जना संक्रमित भेटिएका थिए । योसँगै रौतहटमा संक्रमित हुनेको संख्या ६९ पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies