बर्दिया : बर्दियाको गुलरियामा रहेको क्वारेन्टाइनमा रहेका एक बृद्धको मृत्यु भएको छ । गुलरिया नगरपालिका– ९ गोरियनका ५५ बर्षिय पुरुषको बबइ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा आज विहान मृत्यु भएको हो ।
हिजोमात्रै अछामबाट फर्केका उनलाई स्थानीयले क्वारेन्टाइनमा पठाएका थिए । उनको शव जिल्ला अस्पतालमा राखिएको छ । कोरोना परीक्षणका लागि स्वाब संकलनको तयारी गरिएको छ ।
त्यस्तै सेती अस्पताल धनगढीको आइसोलेसनमा रहेका एक जना कोरोना शंकास्पदको पनि मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय वृद्धको आज बिहान मृत्यु भएको हो । उनी मंगलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
मृत्युपछि अस्पतालले कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको छ । भारतबाट आएका र त्यसैमाथि स्वास्थमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै, कञ्चनपुर जिल्लामा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका प्रतिनिधिको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका ७ का जनप्रतिनिधिको मंगलबार राति मृत्यु भएको हो । उनी राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका थिए । उनको पनि कोरोना परीक्षण गर्न लागिएको सेति अस्पतालले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies