पर्सा : पर्साको रक्सौल नाका हुँदै भारतबाट आज बिहान चार सय जना नेपाली स्वदेश भित्रिएका छन् । वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलमा ६५ दिनदेखि क्वारेन्टिनमा बसेकाहरु सहितलाई स्वदेश फर्काइएको हो । नेपाल फर्केका सबैको स्वास्थ्य परीक्षण गरेर सबन्धित स्थानीय तहमा पठाउने जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
रक्सौलमा रहेका करिब छ सय नेपालीलाई स्वदेश फर्काउन लागिएको प्रशासनले जानकारी दिएको छ । लामो समयदेखि भारतको क्वारेन्टिनमा बसेकाहरुले स्वदेश फर्कन पाउदा खुशी ब्यक्त गरेका छन् ।
विभिन्न ३२ जिल्लाका नागरिकहरु भारतका विभिन्न सहरबाट रक्सोल आएर रोकिएका थिए । भारतबाट आएकालाई सम्बन्धित जिल्लाका क्वारेन्टिनमा चौध दिन राखी पीसीआर परीक्षणपछि मात्रै घर फर्काइने बताइएको छ । यसअघि भारतका बिभिन्न राज्यका करिब पाँच सय भारतीय नागरिकलाई मंगलवार रक्सौल पठाइएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies