काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा दिउँसो एक बजेपछि पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।
बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल हुनेछ । कांग्रेसले संबिधान संसोधन प्रस्तावमा आफु सकारात्मक रहेको यसअघि नै जानकारी गराइसकेको छ । कांग्रेसले मधेस केन्द्रित दलले अघि सारेको संसोधन प्रस्तावका विषयमा पनि छलफल गर्नेछ ।
केही दिनअघि जनता समाजवादी पार्टीका नेताहरुले पहिलेदेखि नै आफुहरुले उठाउदै आएको संसोधनको मुद्दामा सहयोग गर्न कांग्रेसलाई आग्रह गरेका छन् ।
सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचिमा समावेश गर्नका लागि संविधान संशोधन गर्न सरकारले संसदमा प्रस्ताव दर्ता गराएको छ । संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक पर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies