सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीमा सीमा सुरक्षासहित कोरोना रोकथाम तथा नियन्त्रणका लागी ब्यापकरुपमा सशस्त्र प्रहरीको उपस्थिति रहँदा पनि लकडाउनको समयमा तस्करी बढदै गएको पाइएको छ ।
जिल्लाका सबै सीमानाकाहरुमा आवत जावतमा पूर्ण रोक लगाइएपनि उक्त तस्करी नियन्त्रणगर्नका लागी नेपाल प्रहरीले सक्रियता देखाएको छ ।
यसै क्रममा गए राति सुस्ता गाउँपालिका वडा नं ५ बनकट्टीबाट भारतबाट अबैधरुपमा ल्याउदै गरेको १ लाख ५० हजार मूल्य बराबरको बिभिन्न किराना समानहरु र चिनी प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी शुक्रवार राति प्रतापपुर गाउँपालिका वडा नं ५ धरमौलीबाट भारतबाट अबैधरुपमा ल्याउदै गरेको करिब ८० हजार मूल्य बराबरको शुद्धप्लस प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए । नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइने प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies