काठमाडौं : धावनमार्ग निर्माणका काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तीव्र पारिएको छ । कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग निर्माणको काम सकिएको हो ।
लामो समयदेखि विभिन्न कारणले धावनमार्ग निर्माणको काम सुचारु हुन नसकेपनि उडानहरु प्रतिवन्ध भएपछि कामले तिव्रता पाएको हो । विमानस्थलको दक्षिणतर्फ ३ सय मिटरको धावनमार्ग निर्माण गरिएको छ । धावनमार्ग विस्तारपछि सञ्चालनको तयारी तिव्र पारिएको छ ।
विभिन्न देशमा अलपत्र नागरिकहरुलाई स्वदेश ल्याउन पनि विमानस्थलले तयारी थालेको छ । सरकारले सञ्चालनको सूचना जारी नगर्दासम्म सम्पूर्ण स्रोत साधन प्रयोग गरेर सञ्चालनको तयारी भइरहेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले बताए । विमानस्थलमा सामाजिक दुरी कायम गरी स्यानिटाइर र मास्क प्रयोग अनिवार्य गरिएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठघनले लामो समयदेखि धावन मार्ग विस्तारका लागि पट पटक दबाव दिँदै आएको थियो । तर विमानस्थल बन्द गरेर काम गर्न सक्ने अवस्था नभएपछि निर्माण हुन सकेको थिएन । पछिल्लो समय लक डाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपछि छोटो समयमै धावनमार्ग विस्तारको काम सम्पन्न भएको हो । विमास्थलमा अब एप्रोच लाइट जडानको काम मात्रै बाँकी रहेको छ । धावनमार्ग निर्माण भएपछि विमानहरु सजिलै अवतरण र उडान भर्न सक्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies